बेलायतवासी काभ्रेलीले चुने नयाँ नेतृत्व
- Sunny Bajracharya
- Jun 18
- 2 min read

बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशनबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत चुनिएका छन्। काभ्रे सोसाइटी युके स्थापनाको लागि पहलकर्ता एवम् संस्थापकमध्ये एक उनले यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरेका थिए।
नव निर्वाचित अध्यक्ष फुयाल मिडल्यान्ड मात्र नभइ सिंगो बेलायतमै एक सक्रिय समाजसेवी एवम् एनआरएनए अभियन्ता हुन्। श्रीजनशिल लेष्टर नेपालका वर्तमान अध्यक्ष फुँयाल एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज युकेका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्।
नव निर्वाचित कार्यसमितिमा रामचन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकारी लामा छन्।
सदस्यहरूमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाईं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चुनिएका छन्।
त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रवीन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा.महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाईं र मिलन शर्मालाई सल्लाहकारमा मनोनीत गरिएको छ। निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्व डीएसपी वाचस्पति रेग्मीले नव निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए।
त्यस अवसरमा शुभकामना दिँदै प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशील फुँयालको नेतृत्वमा काभ्रे सोसाइटी युकेले झन् राम्रा कामहरू गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।
साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर, सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाइं र कोभ्रेन्ट्रीस्थित अभियन्ता गोविन्द सापकोटाले शुभकामना दिएका थिए। नवनिर्वाचित अध्यक्ष फुँयालले सोसाइटीले बेलायतवासी सम्पूर्ण काभ्रेलीहरुलाई एकताबद्ध गर्ने, अन्य संघसंस्था तथा समुदायसँगको सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशील बन्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।
निवर्तमान कार्यसमितिका अध्यक्ष रविन्द्र शर्मा र उनको कार्यसमितिको प्रभावकारी कार्य सम्पादन र संस्थामा पुर्याएको योगदानका लागि उनले धन्यवाद ज्ञापन गरे ।
Posted by: https://www.ratopati.com/story/278064/uk-news Posted On: 3 December , 2022

Comments